Comments Add Comment

आरती उद्योगले माग्यो मन्त्रीसँग पाँच मेगावाट विद्युत

१४ कात्तिक, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले आज मोरङको विराटनगरस्थित बहुराष्ट्रिय कम्पनी आरती स्टि्रप्सको निरीक्षण गरे ।

mahesh basnetमन्त्री बस्नेत आफ्ना कार्यकर्ता एवम उद्योगीहरुसँग उक्त कम्पनी पुगेका थिए । सोही अवसरमा कम्पनीका कार्यबाहक अध्यक्ष सञ्जीव शर्माले सरकारसँग थप पाँच मेगावट विद्युत दिन मन्त्रीसँग आग्रह गरेका छन् । उनले कर्कटपाता बनाउन र प्रशोधन गर्न अर्काे प्लान्ट निर्माण गर्ने जानकारी मन्त्रीलाई दिएका थिए ।

नेपालमा कर्कटपाताको कच्चा पदार्थ निर्माण नहुँदा महिनैपिच्छे करोडौँ रुपैयाँ लगाएर भारतबाट आयात गर्न परिरहेको शर्माले गुनासो गरे । अहिले आरती स्टि्रप्सले पाँच मेगावाट विद्युत प्रयोग गर्दै आएको छ र सरकारसँग थप पाँच मेगावट विद्युत माग गरेको हो ।

मन्त्री बस्नेतले चाँडै थप गरिदिने आश्वासन दिएको शर्माले बताए । आरती स्टि्रप्सबाट आरती जस्तापाता उत्पादन हुन्छ । यो कम्पनीले उत्पादन गरेको जस्तापाता नेपालमै खपत हुँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment