Comments Add Comment

कांग्रेस-एमालेको साझा प्रस्तावः ६ प्रदेश र संसदबाट निर्वाचित प्रधानमन्त्री

१५ कात्तिक, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले ६ प्रदेश र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको साझा प्रस्ताव तयार पारेका छन् ।

संवैधानिक राजनीतिक तथा सम्वाद समितिले दलहरुको अडाननसहित संविधानसभामा प्रतिवेदन बुझाउने तयारी गरेपछि कांग्रेस र एमालेले साझा प्रस्ताव बनाएर धेरैभन्दा धेरै दलको समर्थन जुटाउन प्रयास थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुले साझा प्रस्तावबारे साना दलका दलका नेताहरुसँग छलफल गरेका छन् ।

कर्णाली, गण्डकी, लुम्बिनी, सगरमाथा, जनकपुर र बाग्मती वा राजधानी प्रदेशको प्रस्ताव

दलहरुसँगको छलफलमा एमाले र कांग्रेसका नेताहरुले बताए अनुसार साझा प्रस्तावमा कांग्रेसले अघि सारेको ६ प्रदेश प्रस्ताव गरिएको छ । भूगोल तथा नदीनालाका आधारमा नाम प्रस्ताव गरिएको छ । जसमा कर्णाली, गण्डकी, लुम्बिनी, सगरमाथा, जनकपुर र बाग्मती वा राजधानी प्रदेशको प्रस्ताव गरिएको छ ।

यद्यपि एमालेले ६ वा सात प्रदेश भन्नु पर्ने बताएको छ । । साझा प्रस्ताव मस्यौदा बनाउन सक्रिय एमाले नेता अग्नि खरेलले भने छलफल जारी रहेको बताएका छन् ।

साझा प्रस्तावका रुपमा संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको प्रस्ताव अघि सारिएको छ । २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राख्न नपाइने र त्यसपछि राख्दा बैकल्पिक उम्मेदवार प्रस्तुत गर्नु पर्ने प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा १७५ सदस्यीय प्रतिनिधि सभाको प्रस्ताव गरिएको छ । जसमा ७० प्रतिशत प्रत्यक्ष र ३० प्रतिशतसमानुपातिक निर्वाचन प्रणालीबाट हुनेछन् ।

७५ सदस्यीय माथिल्लो सभाको प्रस्ताव गरिएको छ । सर्वोच्च अदालत मातहत रहने गरी संवैधानिक अदालत बनाउने दुई दलको प्रस्ताव छ ।

नेताहरुका अनुसार साझा प्रस्तावमा सहमत दलहरुलाई हस्ताक्षर गराएर सम्वाद समितिमार्फत संविधानसभाको पूर्ण बैठकमा प्रवेश गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment