Comments Add Comment

सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

५ जेठ, सप्तरी । सप्तरीमा बुधबार पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको कञ्चानरुप नगरपालिका- ९ रुपनगरमा पोखरीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २० वर्षीया किन्तु सरदार र १३ वर्षीया छोरी रोशनी सरदार छन् ।

घर नजिकैको सन्तोष यादवको पोखरीमा नुहाउन जाँदा दुवै जना डुबेर सिकिस्त भएको र उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएपछि सोही क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment