+
+
Shares

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा करेन्ट लागेर ८४ वर्षीया कान्छी देवी चौधरीको मृत्यु भएको छ।
  • उनको मृत्यु चपुरस्थित अस्पतालमा उपचारको क्रममा भएको नेपाल प्रहरीले जनाएको छ।
  • यस घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

८ चैत, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गुजरा नगरपालिका–१ मनहर्वा घर भएकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

धारामा जडान भएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको चपुरस्थित चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?