+
+
Shares

डोटीको जीप दुर्घटनामा घाइते महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते २१:१५

१० फागुन, डोटी । आइतबार दिउँसो डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भएको जीप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, बोगटान फुड्सिल गाउँपालिका–३, मेल्टाकी ६६ बर्षीया जुनादेवी साउँदको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा जनाको टाउको, दुवै खुट्टा र छातीमा चोट लागेको थियो ।

उनलाई उपचारका लागि करीब ७.३० बजे अस्पताल पुर्‍याइएकोमा डाक्टरले चेकजाँच गर्दा ८.१५ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बोगटानबाट दिपायलतर्फ आइरहेको  सु.प.प्र. ०३ ००१ च ००१४ नं. को बोलेरो जीप धौलाबस्ती भन्ने ठाउँमा  दुर्घटना चार जना घाइते भएका थिए ।

घाइते तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?