+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

धनगढीमा श्रीमान्‌को कुटपिटबाट महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १३:५४

१२ माघ, धनगढी । कैलालीमा श्रीमान्‌को कुटपिटबाट महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ घर भएर धनगढी–१३ को राजपुरमा डेरा गरी बस्ने सतिङ दाहालले घरायसी विवादमा  श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर सोमबार गम्भीर घाइते बनाएका थिए ।

घाइते दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियोे तर उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको मृत्यु भएपछि उनका श्रीमान् सतिङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?