+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

नेपाल क्लियरिङ्ग हाउसको नवौं वार्षिक साधारण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते २१:३६

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आव २०७६/७७ को आफ्नो नवौं वार्षिक साधारण सभा भर्चुअल प्ल्याटफर्म मार्फत सम्पन्न गरेको छ । हाल विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ को परिस्थितिलाई ध्यानमा राखी उक्त साधारण सभा अनलाइन मार्फत गरिएको हो ।

बैठकले कम्पनीको चुक्तापूँजी रु. २९.८ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी रु. ४१.१करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयरको कर प्रयोजनका निम्ति २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीले पूँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ ।

आ.व. २०७६/७७मा कम्पनीको भुक्तानी कारोबारहरुमा उल्लेख्य रुपमा वृद्धि भएता पनि कम्पनीको खुद नाफा २२.२ प्रतिशतले घटेको छ । त्यसै गरी कम्पनीले कुल पूँजी तथा जगेडा कोषको अनुपातमा २९प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम रहेको छ ।

कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत्र ११ देखि २०७७ असार मसान्तसम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा लगायतका कारण कम्पनीको खुद नाफा घटेको बताइएको छ ।

बैठकले कम्पनीको संचालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्ने तीन नयाँ सञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ । हिमालयन बैंकका जनरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंकका वरिष्ठ उप-प्रमुखकार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका आईटी प्रमुख सृजन मल्ल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?