Comments Add Comment

स्वयंसेविकाले २४ हजार भत्ता मागे

१६ कात्तिक, काठमाडौं । बाल तथा महिला मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुर्‍याएका देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले सरकारसँग बाषिर्क २४ हजार प्रोत्साहन भत्ताको माग गरेका छन् । उनीहरुले राज्य आफूहरुको मागमा गम्भीर नबनेसम्म अब गर्ने स्वास्थ्यसम्बन्धी अभियानहरुमा सहभागिता नजनाउने बताएका छन् ।
सरकारले देशभर रहेका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वर्षको दुईपटक बालबालिकाहरुलाई जुकाको औषधि र भिटामिन, हात्तीपाइले, पोलियो खोपजस्ता राष्ट्रिय अभियानका बेला परिचालन गर्छ । एक-दुई दिन चल्ने ती अभियानका बेला दैनिक दुई सयदिँदै आएको सरकारले यसपटकदेखि दैनिक भत्ता चारसय र वाषिर्क पोसाक भत्ता चार हजार पुर्‍याएको नयाँ पत्रिकामा खबर छ ।
तर, स्वयंसेविकाहरुले अभियानबाहेक गाउँगाउँमा गएर गर्भवती तथा सुत्केरी महिलाको अवस्था बुझ्ने, आवश्यक परामर्श दिने, परिवार नियोजनका साधन तथा अन्य प्राथमिक उपचारका औषधिसमेत वितरण गर्दै आएका छन् । स्वयंसेवीहरुले अभियानका बेला दिइने चार सय रुपैयाँ निकै थोरै भएको भन्दै राज्यसँग अन्य सुविधासमेत माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment