+
+

समावेशी र संघीयतालाई आत्मसाथ गरौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १६ गते १३:४१
sushil koirala
फाइल फोटो

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले समावेशी र संघीयताको मूल मर्मलाई आत्मसाथ गर्न प्राज्ञिक निकायलाई आग्रह गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको २९औं प्राज्ञसभालाई आइतबार प्रधानमन्त्री कोइरालाले लिखित सन्देश पठाउदै संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीताजस्ता ऐतिहासिक उपलब्धिको मर्मलाई आत्मसाथ गर्न आग्रह गरेका हुन् । सरकार पनि संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीताजस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने प्रयासमा लागिरहेको प्रधानमन्त्री कोइरालाको भनाइ छ ।

प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री कोइराला कार्यव्यस्तताका कारण प्राज्ञसभामा सहभागी हुन नसकेपछि लिखित सन्देश पठाएका हुन् । प्रधानमन्त्रीको सन्देशलाई कुलपति गङ्गाप्रसाद उप्रेतीले वाचन गरेका थिए ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘समाजलाई रूपान्तरण गर्ने बाटो सहज छैन । यसमा सबै क्षेत्र र वर्गको समान दायित्व र सहभागिता अपेक्षित हुन्छ । यसका लागि सबै भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने विश्वास लिएको छु ।’

बैठक उद्घाटन गर्दै निवर्तमान कुलपति वैरागी काइँलाले समाज रूपान्तरणको बाटो भिरालो र साँघुरो घुम्तीबाट गुजि्ररहेको अवस्थामा नेपाली चिन्तन र दर्शन चिनाउने तथा पढाउने कार्य गर्न जोड दिए ।

गत भदौ २० गते कुलपति उप्रेतीको नेतृत्वमा गठित वर्तमान प्राज्ञसभाको यो पहिलो बैठक हो । कुलपति उप्रेतिले बढेको तलबबापतको तलब अनुदान (करिब दुई लाख रुपैयाँ) सरकारबाट प्राप्त नभए गतिविधि सञ्चालन गर्न कठिन हुने गुनासो गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?