+
+

जेेविल्स फाइनान्सले १५ प्रतिशत लाभांस दिने, एमडी र सिइओ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १६ गते १३:४७

१६ असोज काठमाडौं । जेविल्स फाइनान्सको सञ्चालक समितिले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ४.७४ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।

फाइनान्सको आइतबार बसेको ८६ औ सञ्चालक समितिको बैठकले उक्त प्रतिफलको घोषणा गरेको हो ।

सञ्चालक समितिको यो निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र फाइनान्सकै आगामी साधारणसभाबाट पारित हुन बाँकी छ ।

प्रस्तावित बोनस सेयर पारित भए कम्पनीको चुक्ता पुँजी २२ करोड रुपैयाँ पुग्ने छ हाल कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी सञ्चालक समितिले कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मीलाल नकर्मीको राजीनमा स्वीकत गर्दै उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । प्रवन्ध निर्देशकमा गोपालराज भण्डारीलाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?