+
+

सार्कअघि हरियाली बनाउन नभ्याइने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १७ गते ६:०९

Saarc१७ कात्तिक, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलनअघि काठमाडौंका सडक हरियाली बनाउन नभ्याइने भएको छ । सार्कलक्षित सडक निर्माणमा ढिलाइ भएकाले हरियाली बनाउन नभ्याइने भएको हो ।
आगामी १० र ११ मंसिरमा हुने सार्कलाई लक्षित गर्दै सडक हरियाली बनाउन काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई जिम्मा दिइएको नयाँ पत्रिकामा खबर छ । प्राधिकरणका प्रवक्ता केशव न्यौपानेले अहिले हरियाली बनाउन नभ्याइएका सडक सार्कपछि हरियाली बनाइने बताए । उनले भने-‘सार्कअघि बनाउन नसकिएका सडक सम्मेलनपछि पनि हरियाली पारिनेछ । तर, सम्मेलनमा आउने भिआइपी आउजाउ गर्ने सडक भने हरियाली हुनेछ ।’
हरियालीको बजेटबाट गाडी खरिद
सडक हरियाली गर्न विनियोजित रकमबाट काठमाडौं महानगरपालिकाले गाडी खरिद गरेको छ । महानगरपालिकाको साढे तीन करोड रुपैयाँमा तीनवटा टि्रपर खरिद गरेको महानगरपालिकाका सार्क सम्मेलन तयारी समितिका सदस्यसचिव रविनमान श्रेष्ठले बताए । उनले भने-‘महानगरपालिकाका लागि १२ करोड रुपैयाँजति रकम छुट्टयाइएको थियो । त्यसमध्ये तीन करोड रुपैयाँ जतिको गाडि किनियो । सडक सफ ागर्न, सम्याउन आवश्यक परेकाले गाडी खरिद गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?