+
+

टेक्सासमा देवकोटा जयन्ती मनाइयो

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १७ गते ११:५२

news ko lagiटेक्सास । महाकवि लक्ष्मीप्रसाद देवकोटा को एक सय ५ औं जन्मजयन्ती ड्यालस टेक्सासमा मनाइएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सासले शनिवार प्रतियोगितात्मक बाल तथा बयस्क कवि गोष्ठीको आयोजना गरी देवकोटा जयन्ती मनाएको हो ।

प्रतियोगितामा बालबालिकातर्फ विज्ञान देवकोटा प्रथम, ईशा घिमिरे दोस्रो, प्रभात भुसाल तेस्रो र असीम अधिकारीलाई सन्त्वना पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि बयस्कतर्फ भोजबहादुर बलायर प्रथम, निर्मला देवकोटा दोस्रो, र लिलाधर अधिकारी तेस्रो भए ।

शैलेश आचार्य प्रमुख अथिति र विशेष अथिति भुपकुमारी जोशीले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा लगभग ६० जनाहरुको कबि-कवयित्रीको उपस्थिती थियो ।

गोस्ठीमा बयस्कतर्फ पुष्पराज भुपकुमारी साहित्य पुरस्कार $३००, $२०० तथा $१००  नेपाली समाज टेक्सासका पूर्व सभापति एवम् समाजसेवी गौरीराज जोशी द्वरा प्रायोजन तथा बसुन्धरा बाल साहित्य पुरस्कार $२००/$१००/$५० तथा $२५ नेपाली संस्कृतिक एवंम् आध्यात्मिक केन्द्रका अध्यक्ष डा. मुलारी अधिकारीले सहयोग प्रदान गरेका थिए ।

इन्दिरा भुषालको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमकाे निर्णायक मन्डलीमा भरत पन्त, देवीप्रसाद चापागाईं र कृष्णकुमारी पौडेल रहेका थिए । अनेसासका सभापति बाशु शर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कवयित्री चम्पा पाण्डेले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?