+
+

८५ किलो गाँजासहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १७ गते ११:५०

१७ कात्तिक, धनकुटा । धनकुटा प्रहरीले ८५ किलो गाँजासहित ६ जनालाई पक्रेको छ । को १ च ७९३१ नम्बरको मारुती भ्यानमा राखेर धनकुटाबाट धरानतर्फ ल्याउँदै गरेको अवस्थामा आइतबार राति १२ बजे गाँजा बरामद भएको हो ।

कोसी राजमार्गअन्तर्गत धनकुटाको बेलहरा-९ मा प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले छवटा बोरामा प्याक गरिएको ८५ किलो गाँजासहित ६ जनालाई पक्रेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पक्राउ परेकाहरुको परिचय प्रहरीले खुलाएको छैन । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?