Comments Add Comment

दुई मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

१७ कात्तिक, नवलपरासी । नवलपरासीको नयाँ बेलहानी गाविस-८ अरुणखोलामा सोमबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको बुटवल नगरपालिका ११ निवासी ५० बर्षीय टेकबहादुर थापा र नवलपरासीको दुम्किबास ५ निवासी १९ वर्षका कमल लामाको मृत्यु भएको हो ।

लु १५ प ७९२९ र लु ७ प ८७६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । थापा लु १५ प ७९२९ का चालक हुन् भने लामा लु ७ प ८७६१ नम्बरको मोटरसाइकलमा सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सुभाष गैरेले जानकारी दिए ।

थापाकी श्रीमती र लु ७ प ८७६१ नम्बरको मोटरसाइकलका चालक विनोद श्रीस मगरको अवस्था गम्भीर छ । घाइते दुवैको चितवनमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment