Comments Add Comment

सुदर्शन गौतमले क्यानडियन अवार्ड बुझेनन्

sudarsan-thapaटोरोन्टो । नेपाली मुलका क्यानेडियन नागरिक सुदर्शन गौतमले क्यानाडाको संसदबाट प्राप्त अवार्ड बुझेका छैनन् । उनले क्यानाडाको संसदबाट पाउने क्यानेडियन डिस्याबिलिटी हल अफ फ्रेमको अवार्ड बुझ्न नगाएका हुन् ।

दुवै हातबिना सर्बोच्च शिखर आरोहण गरे बापत उनलार्इ सो पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कार क्यानाडा सरकारको ठूलो पुरस्कार हो।  टोरोन्टो योर्क होटेलमा  आयोजना भएको कार्यक्रममा सुदर्शन उपस्थित भएनन् ।

दुबै हात नभएर पनि सुदर्शन गौतमले साहसीक कार्यहरू गर्दै अएका छन् । अवार्ड कार्यक्रममा प्रमुख सांसद वीम कार्चरले सुदर्शन प्रतिभावान र साहसिक ब्यक्ति भएको बताए ।

सुदर्शन गौतमको लागि होटेल तथा लिमोजिन कार को साथ् बिशेष स्वागत गर्ने तयारी थियो तर उनको कुनै जानकारी नआउँदा अन्तिम समयमा आयर सबै तयारी रद्ध गरेको उनले बताए ।

उक्त कार्यक्रममा नेपालका लागि राजदूत कुंदर शर्मा, एनअरएन क्यानाडाका प्रमुख अनिल शर्मा लगायत तथा नेपाली संस्थाका प्रतिनिधिहरुको बाक्लै उपस्थिति रहेको थियो।

सुदर्शन गौतम क्यानाडा मा २००५ मा आएर २००८ मा क्यानाडाको नागरिक भएर हाल कलगेरी सहरमा बसोबास गर्छन। मोटिभेस्नल पब्लिक स्पिकर, क्यालगरीमा रेस्टुरेन्ट तथा कारसेलको ब्यापार गर्ने तथा थुप्रै संस्थाहरूमा आबद्ध गौतम २०१२ मा कम्पलिन कालगरिनको चुनाव जितेका थिए ।  २०१३ बाट एनआरएन क्यानाडाको दूत पनि घोषणा गरेको छ तर गौतमले आधिकारिक रुपमा पदभार ग्रहन्न भने गरेका छैनन्।  उनी पछिल्लाे समय चलचित्रमा समेत अभिनय गरेका छन् ।

(रमेश अर्यालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment