+
+

अखण्ड दीप दर्शन गर्न चाँगुनारायणमा सर्वसाधारणको घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १९ गते ९:४४

१९ कात्तिक, भक्तपुर । चाँगुनारायण मन्दिरमा बालिएको अखण्ड दीप दर्शनका लागि हजाराै दर्शनार्थी आएका छन् ।
चाँगुनारायणको अखण्ड दीपलाई हरिबोधनी एकादशीको भोलिपल्ट अर्थात् मङ्गलबार साँझदेखि दर्शनका लागि मन्दिरको मुख्यद्वार पश्चिमपट्टकिो ढोकाअगाडि राखिएको अखण्ड दीप दर्शन गर्न भक्तपुर, काठमाडाैं, ललितपुर, काभ्रे र साँखुका हजाराँै दर्शनार्थीको भीड लागेको मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए ।
दर्शनका लागि रातभर राखिएको अखण्ड दीप दर्शन गरेमा मृत्युपश्चात् यमलोकमा यमराजले अखण्ड दीपको दर्शन गरेको छ कि छैन भनेर सोध्ने र दर्शन गरेकालाई स्वर्ग जान सहज हुने किंवदन्ती रहेको पुजारी राजोपाध्यायले बताए  । हरेक वर्ष यस दिन रातभरि नै अखण्ड दीपको दर्शन गर्न आउनेको भीड लाग्ने गरेको राजोपाध्यायको भनाई छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?