Comments Add Comment

अना र अमालियाको यस्तो कथा, ‘जेरी’को प्रचार जेरी खुवाउँदै

anmol-amaliya-and-anna
अना र अमालिया शर्मा मिस नेपालको कोरियोग्राफर रचना गुरुङ शर्माका छोरी हुन् । एनाको चाहना सानैबाट चलचित्र खेल्ने थियो । जुन चाहना अहिले आएर पुरा भएको छ । एनाको रहरको कुरा आमा रचना शर्माले गर्दै गर्दा चलचित्र क्षेत्रमा देखिएको नयाँ पुस्ताको चाहना झल्कियो ।

अनाले भने स्टेजमा खासै बोल्न सकिनन् । निर्देशक हेमराज वीसीको चलचित्र ‘जेरी’को गीत तथा ट्रेलर सार्वजनिक कार्यक्रममा रमाइला दृश्यहरु देखिए । नायक भूवन केसी आफ्ना छोरा अनमोल केसीलाई साथ दिन कार्यक्रममा देखिएका थिए । यता, रचना दुई छोरीहरुलाई चलचित्रमा जम्ने तरिका सिकाउँदै थिइन् । bhuwan-rachana-anmol-and-an

ट्रेलर सार्वजनिक भएसँगै चर्चा पाएको ‘जेरी’ले हलमा यूवायूवती तान्ने अपेक्षा निर्माणपक्षको छ । मनोज शेरचनको निर्माणमा तयार भएको चलचित्रको मुख्य आकर्षक अनमोल केसी हुन् । उनले एनासँग चलचित्रमा आफ्नो लोभलाग्दो केमेष्ट्री जमाउने तयारी गरेका छन् । मुस्ताङमा महंगो रकम खर्चेर खिचिएका चलचित्रका दृश्यले दर्शकलाई लोभ्याउने विश्वास गरिएको छ । कार्यक्रममा चलचित्रको पार्टी र प्रेम गीत सार्वजनिक गरिएको थियो ।

कात्तिक २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रले प्रचारको नयाँ तरिका अपनाउँदै कुमारी हलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित पत्रकार र चलचित्रका कलाकारलाई जेरी खुवाएको थियो ।bhuwan-kc-jerry

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment