+
+

खुमबहादुरको निम्तो नेतात्रयले मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते १४:१६

khumbahadur-hindu-vela२० कात्तिक, काठमाडौं । नेपाललाई हिन्दू राज्यका रुपमा पुनस्र्थापित गर्न नेपाली कांग्रेसलाई हिन्दू राज्यको पक्षमा उभ्याउने खुमबहादुर खड्काको आमन्त्रण त्यस पार्टीका शीर्ष नेताहरुले अस्वीकार गरेका छन् ।

विहीवार काठमाडौंको प्रज्ञाभवनमा आयोजना गरेको सनातन हिन्दू राष्ट्र अभियानको भेलामा सहभागी हुन खड्काले कांग्रेस सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई पनि निम्तो पठाएका थिए ।

अभियानका संयोजक खड्का र सहसंयोजक लक्ष्मण घिमिरेमध्ये खड्का देउवा निकट मानिन्छन् भने घिमिरे कोइराला निकट मानिन्छन् ।

तर भेलामा नेतात्रय र प्रभावशाली अन्य नेता भने सहभागी भएनन् । पार्टीले धर्म निरपेक्षता स्वीकार गरिसकेकाले नेताहरुले यो भेलाको औचित्य नदेखेको एक केन्द्रीय सदस्यले बताए ।

तर कांग्रेसका हिन्दू राज्य पक्षधर नेता कार्यकर्ताहरुको भेलामा दर्जनभन्दा बढि सभासद तथा केन्द्रीय सदस्यहरु सहभागी छन् । भेलामा कांग्रेस कार्यकर्ताको उल्लेख्य सहभागिता छ ।

भेलामा कांग्रेस नेताहरु तारानाथ रानाभाट, खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, देवेन्द्रराज कँडेल, लक्ष्मण घिमिरे, पुष्पा भुषाल, सुरेन्द्र हमाललगायतका नेताहरु सहभागी छन् ।

भेलामा उपस्थित सभासदहरुको तर्फबाट शंकर भण्डारीले बोलेका थिए भने मुस्लिम, तामाङ लगायत जातीय र धार्मिक संगठनका नेताहरुले समेत हिन्दू राज्यको पक्षमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?