+
+
Shares

सिनामंगल- मैतीदेवीमा तत्काल ग्राभेल गर्न सरकारी निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते १९:०४

old-baneshwor (7)

२० कात्तिक, काठमाडौं । काठमाडौंको सिनामंगल, मैतीदेवी हुँदै पुतलीसडक आवत-जावत गर्ने बाटोको अवस्थाबारे अनलाइनखबरमा भिडियोसहित समाचार प्रकाशित भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानाकर्षण भएको छ ।

अनलाइनखबरमा समाचार आएको भोलिपल्टै विहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बाटो मर्मतबारे छलफल भएको छ । सो छलफलपछि सरकारले सार्क सम्मेलनअगावै यो बाटोमा ग्राभेल गर्न कडा निर्देशनसमेत दिएको छ । सडकको दयनीय अवस्थाबारे छलफल गर्न आयोजित बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले सडक विभाग, खानेपानी, ढल निकास विभाग एवं काठमाडौं विकास प्राधीकरणका हाकिमहरुलाई कार्यालयमा बोलाएका थिए ।

सचिव सुवेदीले आफैंले नियमित अनुगमन गरेर काम छिटो गर्न भन्दासमेत काम नभएकोमा बैठकमा चिन्ता व्यक्त गरे ।
 
छिटो काम नगर्नेलार्इ कारवाही गर्न निर्देशन

सिंहदरबारमा भएको छलफलमा सचिव सुवेदीले सम्बन्धित पदाधिकारीलाई सडक निर्माणमा संलग्न सबै निकायवीच समन्वय गरेर अहोरात्र खटिई काम गर्न निर्देशन दिएका छन् ।

ठेक्का सम्झौता गर्न बाँकी खण्डको तत्काल ठेक्का सम्झौता गर्न सुवेदीले निर्देशन दिएका छन् । साथै  ढल तथा खानेपानीको पाइप बिछ्याउन बाँकी स्थानहरुमा कार्तिक मसान्तसम्म सो कार्य सम्पन्न गर्न उनले निर्देशन दिएका छन् ।  १८ औं सार्क शिखर सम्मेलनअगावै सिनामंगल रत्नपार्क सडक खण्डको ग्राभेल गरी सवारी सहज रूपमा आवागमन गर्ने बनाउन र यस आर्थिक वर्षभित्र कुनै पनि हालतमा यो सडक मर्मत तथा निर्माणको कार्य सम्पन्न गर्न सुवेदीले निर्देशन दिएका छन् ।

तोकिएको लागत र समयमा काम  नगर्ने र काममा गुणस्तरीयता कायम नगर्ने ठेकेदारलार्इ कारवाही गर्ने सचिव सुवेदीले चेतावनीसमेत दिएका छन् । काम नगर्ने ठेकेदारलार्इ सघाउने जिम्मेवार कर्मचारीलाई समेत प्रचलित कानून अनुसार हदैसम्मको कारबाही गर्न सचिव सुवेदीले सम्बन्धित कार्यालयका हाकिमहरूलाई निर्देशन दिएका छन् ।

काम कहिले सकिन्छ ?

सचिव सुवेदीका अनुसार भीमसेनगोलादेखि सिनामंगलसम्म खानेपानीको पाइप राख्ने काम कात्तिक २५ गते सकिने छ । सो सडक १५ दिनभित्र ग्राभेल भइसक्ने सचिव सुवेदीको दाबी छ ।

त्यस्तै भीमसेनगोलादेखि मैतीदेवीसम्म यसै महिना ग्राभेल भइसक्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।  मैतीदेवीदेखि डिल्लीबजारसम्म सडक मर्मतका लागि यसैसाता कार्यादेश प्रदान गरिने कार्यालयले जनाएको छ । त्यहाँ ‘छिटै ग्राभेल गरिने’ बताइएको छ ।

पुतलीसडक चोकदेखि रत्नपार्कसम्म दुवै किनारामा पाइप राख्नुपर्नेमा एकातिरमात्रै राखिएकाले काम सकिन अझै केही समय लाग्ने प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण दिएको छ ।

सडकको दुरावस्थाबारे प्रकाशित समाचार यस्तो थियो

गगन थापा र लोकमानको घरछेउमा खाल्डो (फोटो कथा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?