+
+

असिना पीडितलाई राहत दिन प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २२ गते १४:२०

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मुगुका असिना पीडितलाई राहत र असिनाबाट पुगेको खेतिबालीको क्षतिबापत रकम उपलब्ध गराउन निर्देशन दिनु भएको छ ।

खड्गबहादुर शाहीको नेतृृत्वमा आएको मुगको सर्वदलिय प्रतिनिधि मण्डलको माग सुनेपछि प्रधानमन्त्रीले अर्थमन्त्री डा. रामशरण महतलाई फोन गरी उदारतापूर्वक पीडितहरुको मागमा ध्यान दिन निर्देशन दिएका हुन् ।

प्रतिनिधि मण्डलले गत कार्तिक ८ गते परेको असिना पानीले मुगुका श्रीकोट, सेरी, गम्था, कोटडाँडा, कार्कीडाडा, श्रीनगर खमाले गाविसमा पाकिसकेको धान, कोदो, मकै,सिमी भटभास लगायतका अन्न र तरकारी बालीको नष्ट गरी झण्डै १३ करोड ५०लाख ६५ हजार बराबरको क्षति भएको जानकारी गराएको थियो ।

टोलीले खत्याड भेगका चार गाविसलाई पायक पर्ने श्रीकोट खाद्य डिपो पुनस्थापना गरी सञ्चालनमा ल्याउन, ती गाविसमा खाद्यान्न हेलिकोप्टरमा ढुवानी गर्ने व्यवस्था मिलाउन, खाद्यान्न खरीद र ढुवानीमा अनुदान दिन र अति प्रभावित क्षेत्रलाई क्षतिग्रस्त क्षेत्र घोषणा गर्ने माग राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?