Comments Add Comment

२२ दलीय मोर्चामा गएको भन्दै मधेसी दलमा असन्तुष्टी

२३ कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादी नतृत्वको २२ दलीय मोर्चामा संलग्न भएर संविधान लेखन प्रक्रिया अवरुद्ध पारेको भन्दै तराई-मधेस केन्दि्त दलका शीर्ष नेतृत्वको आलोचना सुरु भएको छ ।

‘पहिचानसहितको संघीयता’ का नाममा संघीय गणतान्त्रिक मोर्चामा आवद्ध तराई-मधेस केन्दि्रत दलका दोस्रो तहका नेताहरु माओवादीसँगको मोर्चाबन्दीको विपक्षीमा खुल्न थालेको नागरिक दैनिकमा खबर छ ।

विजयकुमार गच्छेदार नेतृत्वको मधेसी जनाधिकार फोरम र महन्थ ठाकुर नेतृत्वको तराई-मधेस लोकतान्त्रिक पार्टीमा एमाओवादीको पिछलग्गु भएको भन्दै नेता तथा कार्यकर्ताले नेतृत्वको आलोचना गरेका छन् ।

तमलोपा सहमहामन्त्री जितेन्द्र सोनालले लिखित रुपमै अध्यक्ष ठाकुरसाग असहमति प्रकट गरेका छन् । पार्टीको कुनै पनि बैठक नै नगरी एमाओवादीसँग मोर्चाबन्दी गरेर अघि बढेको लगायतका विषयमा उनले आपत्ति जनाएका छन् । १५ महिनादेखि केन्द्रीय समिति वैठक नबसेको तथा ६ महिनादेखि केन्द्रीय कार्यसम्पादन समितिको बैठक नै नराखी एकलौटी ढंगले निर्णय गरेको सोनालको गुनासो छ ।

‘निर्वाचनपछि तीन मधेसी पार्टीबीच एकताको कुरा उठ्यो, सफल हुन सकेन, पछि तमलोपा र सद्भावना पार्टीबीच एकीकरणको कुरा पनि आयो र अन्त्यमा एमाओवादीसाग संघीय गणतान्त्रिक मोर्चा बन्यो,’ सोनालको लिखित असहमतिमा उल्लेख छ, ‘सवाल मधेसी पार्टीहरुको हो, मधेस मुद्दाको हो, त्यसैले हाम्रो एकता वा मोर्चाले बढी महत्व राख्छ ।’ महामन्त्री गोबिन्द चौधरी लगायत दोस्रो तहका नेताहरु पनि अध्यक्ष ठाकुरको कार्यशैलीप्रति असन्तुष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment