+
+

सार्कमा ९१ जनाको ‘गासबास’ मात्रै सरकारले ब्यहोर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २३ गते १०:४९

Saarc२३ कात्तिक, काठमाडौं । सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउने नेपाल बाहेक सातै देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसहित प्रत्येक सदस्य राष्ट्रका १३ जना पाहुनाको नेपाल बसाइको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने भएको छ ।

प्रत्येक मुलुकका १३ जनाको हिसाबले नेपाल सरकारले सात राष्ट्रका ९१ जनाको खर्च व्यहोर्ने छ ।

प्रत्येक देशबाट तोकिएका १३ बाहेक अन्य सहभागीहरुको खर्च भने उनीहरुले नै व्यहोर्नुपर्ने र बस्नका लागि होटल खोजिदिनेसम्मको सहयोग सरकारले गर्नेछ । ‘होटलको व्यवस्था सरकारले मिलाइदिन्छ, तर पैसा उनीहरुले तिर्नुपर्छ’ स्रोतले भन्यो ।

नेपाल आउने एक मुलुकका १३ जना ‘डेलिगेट्सको खर्च सरकारले व्यहार्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले अनलाइनखबरलाई बताए ।

हरेक मुलुकका १३ डेलिगेट्सका साथै राष्ट्रप्रमुख तथा सरकार प्रमुख र उनका स्पाउज (श्रीमान वा श्रीमती)को ‘लोकल हस्पिटालिटी’को व्यवस्था सरकारले गर्नेछ ।

सदस्य मुलुकका विदेशमन्त्री र उनका ‘स्पाउज’का साथ रहने दुई सुरक्षाकर्मी र सहयोगीको पनि खर्च नेपाल सरकारले नै व्यहोर्नेछ ।

उल्लेखित १३ जनाबाहेक अन्यको खर्च आयोजकले नव्यहोर्ने भए पनि बस्ने होटल र खाने स्थानको व्यवस्था भने उनीहरुकै खर्चमा आयोजकले नै मिलाइदिनेसम्मको व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सय डलरमा पाँचतारे होटल

अफिसियलबाहेक अन्य सहभागीले सोल्टी, एभरेस्ट, र्‍याडिसन, हायात, अन्नपूर्ण र याक एन्ड यती होटलमा बस्न चाहेहरुका लागि कर बाहेक दैनिक एक सय डलरभन्दा बढी तिर्न नपर्ने गरी सरकारले सम्बन्धित होटल व्यवस्थापनसँग सम्झौता गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार ती होटलमा सिंगल बेडका कोठा लिए प्रतिदिन ८५ अमेरिकी डलर, डबल बेडको कोठा लिए ९५ डलर र डिलक्सको हकमा सिंगल ९० डलर र डबलको सय डलर तिर्नुपर्ने जानकारी सदस्य मुलुकलाई दिइसकेको छ ।

परराष्ट्र प्रवक्ता अधिकारीका अनुसार सार्क सदस्य मुलुकबाहेक अन्य ९ पर्यवेक्षक मुलुकका सहभागीहरुका लागि याक एण्ड यतीमा बस्ने व्यवस्थामिलाइएको छ ।

सरकारले नेपालका बारेमा जानकारी, मौसमका साथै कार्यक्रमको व्यवस्थापन, बसाइ तथा सम्पर्क व्यक्तिहरुको नाम तथा मोइबाल नम्बरसहित हृया्ण्डबुक बनाएर सम्बन्धित मुलुकमा पठाइसकेको छ ।

सार्क सम्मेलनमा सबै मुलुकका सहभागी, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित करीव ८ सय पाहुना आउने अनुमान गरिएको छ । त्योभन्दा बढी आएको खण्डमा पनि व्यवस्थाप नगर्न सकिने परराष्ट्रले जनाएको छ ।

घुमफिर र रात्रीभोज
सार्कका विशिष्ठ पाहुनालाई रिट्रिटका लागि धुलिखेलमा सबै तयारी पूरा भएको छ । मौसम अनुकुल भएमा गोकर्ण लैजाने स्रोतले जनाएको छ ।

सरकारले सार्कका विशिष्ठ पाहुनाका लागि आर्मर बुलेटप्रुफ कार ल्याइसकेको छ । उनीहरुलाई नेपालमा उपलब्ध गराउने विशिष्ट अधिकारीको सुरक्षासरहको सुरक्षा प्रदान गर्नेछ ।

मंसिर १० गते प्रधानमन्त्री सुशील कोइरालाले सिंहदरबारभित्र रहेको ग्यालरी हलमा सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई रात्रीभोज दिनेछन् ।

सम्मेलन सकिएको दिन राष्ट्रपति रामवरण यादवले शीतलनिवासमा रात्रिभोज दिने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?