Comments Add Comment

आलोकको संझनामा ‘अझै पनि’को ‘के कुरा'(भिडियो)

aalok-in-ajai-pani

निर्देशक आलोक नेम्वाङ त अब हामी माँझ छैनन् । तर, उनले आफूले निर्देशन गरेको अन्तिम चलचित्र ‘अझै पनि’ भने दर्शकका लागि छोडेर गएका छन् । फाल्गुण १५ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको ‘के कुरा कसले तिमीलाई सुनायो’ बोलको गीत सार्वजनिक गरिएको छ ।

राजु तामाङको स्वर, सचिन सिंहको संगीत, विजय सिवाकोटीको शब्द रहेको गीतलाई आलोकले नै कोरियोग्राफी गरेका हुन् । आलोक यो गीतलाई खुबै मनपराउथ्य । पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेको चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् ।

नेपाली चलचित्रको पर्दामा मौलिकता र प्रेम पस्कन सिपालु निर्देशक नेम्वाङले ‘अझै पनि’लाई गाउँले परिवेशमा चित्रिण गरेका छन् । जीवनको कालखण्डमा ३ वटा चलचित्र मात्र निर्देशन गरेका आलोकका लागि ‘अझै पनि’ विशेष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment