+
+
Shares

सञ्जय साहको सम्पत्ति फुकुवा गर्न प्रचण्डको माग

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २३ गते १३:१८

२३ कात्तिक, जनकपुर । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जनकपुर बमकाण्डका योजनाकार भएको आरोपमा पक्राउ परेका सञ्जय साहसहितको सम्पत्ति रोक्का गर्नु गलत भएको बताएका छन् ।

फाइल फोटो
फाइल फोटो

प्रचण्डले आइतबार जनकपुरमा साहका समर्थकहरुलाई एमाओवादी पार्टीमा प्रवेश गराएका छन् । जनकपुरमा २२ दलको आमसभा आयोजना गरिएको भोलिपल्ट रामशंकर पासवानको नेतृत्वमा साहका समर्थकहरु एमाओवादीमा प्रवेश गरेका हुन् ।

साहका कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि प्रचण्डले साह दोषी भए/नभएको आफूले भन्न नमिल्ने बताए । तर, साहसहितको सम्पत्ति रोक्का गर्नु गलत भएको भन्दै उनले यसबारे सदनमा आवाज उठाउने बताए ।

साह धनुषा ४ बाट निर्वाचित भएका थिए । बमकाण्डको योजनाकार भएको आरोपमा पक्राउ परेपछि संविधानसभाले उनलाई निलम्बन गरेको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डले जनकपुरको विकासका लागि सरकारले ध्यान नदिएको भन्दै भारतीय प्रधानमन्त्री मोदीको आसन्न जनकपुर भ्रमणले विकासमा सहयोग पुग्ने बताए ।

आफ्नो क्षेत्रका विकासका लागि जनकपुरबासीले पनि भूमिका खेल्नुपर्ने उनको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?