Comments Add Comment

कुकुर पाल्नेलाई ७४ कोर्रा !

Dogकुकुरलाई मानिसको सबैभन्दा इमान्दार पशु साथी मानिन्छ र युगौँदेखि मानवजातिले आफ्नो घरमा कुकुर पाल्दै आएको पाइन्छ । कतिपयले शोखका लागि त कतिपयले बचावटका लागि कुकुर पाल्ने गरेका छन्, हामीकहाँ । कुकुर तिहारमा त कुकुरलाई यमराजको दूत मानेर पुजा समेत गरिन्छ । तर दुनियामा यस्तो देश पनि छ जहाँ कुकुर पाल्नु तथा कुकुरसँग मित्रता गाँस्नु दण्डनीय छ ।

इरानमा अब छिटै कुकुर पाल्ने तथा सार्वजनिक स्थानमा कुकुलाई डुलाउने मानिसले ७४ कोर्रा खानुपर्नेछ ।

इरानमा बन्न लागेको नयाँ कानून अनुसार कुकुर पाल्ने र घुमाउनेलाई कोर्रा मात्र होइन ३७ सय अमेरिकी डलर बराबरको रकम जरिवाना समेत हुनेछ ।

मुस्लिम धर्ममा कुकुरलाई फोहोर जन्तु मानिन्छ र इरानमा कुकुर पाल्ने चलन खासै छैन पनि । तथापि इरानका केही सम्वृद्ध इलाकाहरुमा स्थानीय बासिन्दाहरुले घरमा राम्रो जातको कुकुर पाल्ने र त्यसलाई सार्वजनिक स्थानमा शौच तथा घुमाउनका लागि हिँडाउने समेत गर्छ । आधुनिकता सँगै बढेको कुकुर पाल्ने संस्कृतिलाई नियन्त्रण गर्न इरान सरकारले यस्तो कानून बनाउन लागेको बताइन्छ ।

इरानको संसदमा कुकर पाल्नेमाथि कारवाही गर्ने विधयेकको मस्यौदा पेश भएको छ । प्रस्तावित विधेयक अनुसार कानून उल्लंघन गर्नेलाई ३ सय ७० देखि ३७ सय अमेरिकी डलर सम्म जरिवाना र ७४ कोर्राको सजाय हुने उल्लेख गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment