Comments Add Comment

८ बर्षका बालकले यस्तो बनाए ‘लभ यू बाबा'(भिडियो)

saugat-bista
८ बर्षमै निर्देशक बनेका सौगात बिष्टको चलचित्र ‘लभ यू बाबा’ पूर्ण रुपमा हेर्न त दर्शकले मंसिर २६ सम्म नै कुर्नुपर्ने हुन्छ । तर, उनले बनाएको चलचित्रको छोटो अंश भने ट्रेलरको रुपमा यसको निर्माणपक्षले सार्वजनिक गरेको छ ।

गीतमा दृश्य समावेश गरिएको ट्रेलरमा बाबु र छोरीको प्रेम देखाइएको छ । चलचित्रमा सौगातका बुबा गजित बिष्ट र दिदी संगम बिष्ट मुख्य भूमिकामा छन् । उनीहरुलाई निष्मा घिमिरे, अशिष्मा नकर्मी लगायतका कलाकारले साथ दिएका छन् ।

सौगातकै काका गम्भिर बिष्टको कथा तथा नृत्य निर्देशन रहेको चलचित्रले बाबु-छोरीको मायालाई देखाउन खोजेको छ । यसै चलचित्रबाट सौगात ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा समेत छन् । यसअघि ९ बर्षका भारतका एक बालकले चलचित्र निर्देशन गरेर विश्व रेडर्क बनाएका थिए । चलचित्रलाई सौगातकी आमा संझना पोख्रेलले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment