+
+

‘तीतोसत्य’ को स्टक राख्न दीपकको दौडधुप

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २६ गते ८:५९

Deepak Raj Giri
काठमाडौ । मंसिर १ गतेदेखि फिचर फिल्म ‘वडा नम्बर छ’ को सुटिङ सुरु गर्ने योजनामा छन् दीपकराज गिरी ।
तर, अहिले उनको धपेडी ‘तीतोसत्य’मा सुरु भएको छ । ‘गाउँका मान्छे मंसिरमा धान भित्रयाउन जुट्छन भन्ने सुनेको थिएँ म चाँही सिरियलको स्टकमा जुटेको छु’ दीपकले भने ।
मंगलवार बिहानै सुटिङका लागि कपन पुगेका दीपकले कम्तिमा ६ एपीसोड खिचेर स्टक राख्ने बताए । ‘६ भाग खिचेपछि डेढ महिनालाई पुग्छ त्यसो भयो भने हामीले सजिलोसँग काम गर्न पाउँछौं, कसैलाई पनि तनाव हुँदैन ।’
६ भाग सुटिङ गर्न कम्तिमा एकसाता समय लाग्ने छ । दिनभरि सुटिङमै ब्यस्त हुने भएकाले अन्य काममा समय दिन भ्याएका छैनन् दीपकले । ‘वडा नम्बर छ’ का कतिपय काम भने टेलिफोनवाटै मिलाउने गरेको बताए ।
नुवाकोटमा ‘वडा नम्बर छ’
वडा नम्बर छ को सुटिङ नुवाकोटको विभिन्न गाउँ र काठमाडौको काँठ क्षेत्रमा हुने भएको छ । ‘छ एकान छ’ ले स्थापना गरेको क्रेजलाई कायम राख्दै दर्शकलाई नयाँ कुरा दिन पनि आफु प्रतिबद्ध भएको बताए ।
पात्रहरुको परिवेश गाउँले भएकाले सुटिङका लागि नुवाकोटको गाउँ रोजेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?