+
+

राप्रपा नेपालले राजनीतिक अभिष्ट पूरा गर्न हिन्दु राष्ट्रको माग गरेको श्रीनिवासाचार्यको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २६ गते १६:२४

shree-niwas-achrya

२६ कात्तिक, काठमाडौं । हिन्दु राष्ट्रको माग गर्दै अनसन बसेका श्रीनिवासाचार्यले राप्रपा नेपाल र कांग्रेसका केही नेताले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न हिन्दु राष्ट्रको माग गरेको आरोप लगाएका छन् ।

बुधबार राजधानीमा भएको कार्यक्रममा उनले धर्मलाई राजनीतिक मद्दा बनाउन आग्रह समेत गरेका छन् । उनले भने-‘म गौमाताको रक्षा गर्न, हिन्दु धर्मको संरक्षण गर्नका लागि जीवन आहुति दिन पनि तयार छु, तर कसैले चलखेल गरे चुप लागेर बस्दिन ।’

केही समयअघि श्रीनिवासाचार्यको अनसनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै राप्रपा नेपालले संसद अवरुद्ध गरेको थियो भने रत्नपार्कमा विरोध सभा समेत गरेको थियो ।

कार्यक्रममा बहिर्गमित लडाकूहरुको संघर्ष समितिले हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने बताएको छ । संघर्ष समितिका संयोजक लेनिन विष्टले आफ्नो संस्कृति, धर्म जोगाउन सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका छन् ।

वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संयूक्त संघर्ष समितिका संयोजक कुमार बहादुर थापाले संविधानसभामा ५५१ जना सभासद हिन्दु भएको भन्दै बहुमतको कदर गरिनुपर्ने बताए ।

थापाले मंसिर ३ गते संविधानसभा घेराउ तथा १०८ शंख घोषसहितका संघर्षका कार्यक्रमको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?