Comments Add Comment

पर्यटन रोयल्टीको तीन करोड रूपैयाँ बाँडफाँड भएन

२७ कात्तिक, गोरखा । गोरखाका लागि आएको पछिल्लो दुई वर्षको पर्यटन रोयल्टी रकम जिल्ला विकास समिति गोरखाले बाँडफाँड गर्न सकेको छैन ।

पर्वतारोहण रोयल्टी र पर्यटक प्रवेश शुल्कबापत आर्थिक वर्ष २०६९/०७० र आर्थिक वर्ष २०७०/०७१ मा आएको तीन करोड २५ लाख रुपैयाँ बाँडफाँड हुन नसक्दा पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधारका क्षेत्रमा काम गर्न ढिलाइ भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमार्फत जिल्लामा आएको उक्त रकम लगातार दुई वर्षदेखि बाँडफाँड हुन नसकेको हो ।

राजनीतिक परामर्श समितिको बैठकमा तत्कालीन स्थानीय विकास अधिकारीले पर्यटन रोयल्टीको रकम बाँडफाँडको प्रस्ताव नल्याएको भन्दै राजनीतिक दलका जिल्लास्तरीय नेताले छिट्टै बैठक बसेर रोयल्टीको रकम बाँडफाँड गर्नुपर्ने बताएका छन् ।

स्थानीय विकास मन्त्रालयले आव २०७०/०७१ को असारमा विभिन्न योजनाका बजेट रकमान्तर गरी पर्यटन रोयल्टीमा बजेट थप गरेको थियो । त्यसबेला करिब रु एक करोड पाँच लाख रकम रोयल्टीमा थप भएको हो ।

रोयल्टीको रकममध्ये ८० प्रतिशत पर्यटन प्रवर्द्धनका क्षेत्रमा र बाँकी रकम पर्यटन पूर्वाधारका योजनामा खर्च गर्नुपर्ने नीतिगत व्यवस्था छ ।

पर्यटकको चाप बढ्दै गएको मनास्लु क्षेत्र, तल्लो मनास्लु क्षेत्र, रुविनाला पदमार्गका दर्जनौँ ठाउँमा पहिरोले पदमार्ग जीर्ण भएका छन् । आवश्यक मर्मतमा ढिलाइ हुँदा पर्यटकले सास्ती खेप्नुपरेको पर्यटन व्यवसायी बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment