Comments Add Comment

२ हजार जना अट्ने सम्मेलन केन्द्र तत्काल बनाउन प्रधानमन्त्रीको निर्देशन

१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडो भन्दा चाँडो चाँडो सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन लगानी बोर्डलाई निर्देशन दिएका छन् ।

मंगलबार बोर्डको बैठकमा उनले सम्मेलन केन्द्र स्थायी प्रकृतिको सम्मेलन केन्द्र बनाउन नसके पनि २ हजार जना अट्ने अस्थायी खालकै भए पनि तत्काल बनाउन निर्देशन दिएका हुन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलन केन्द्रको अभाव खट्किएको भन्दै प्रधानमन्त्रीले चाँडोभन्दा चाँडो बनाउन निर्देशन दिएको बताए । ‘दीर्घकालीन बनाउन नसके पनि २ हजार जना अट्ने हल तत्काल बनाउन निर्देशन दिनुभएको छ’ उनले भने ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यति ठूलो लगानी सम्मेलन गर्न लागे पनि संरचना पर्याप्त नभएको बताए । ‘यति ठूलो सम्मेलन हुन लागेको छ, तर हाम्रो संरचना पर्याप्त छैन । अन्तर्राष्टिय सम्मेलन केन्द्र ठूलो बनाउन हामीले एक किसिमले छलफल गरेका छौं’ उनले भने ।

हाल काठमाडौंमा सरकारी स्तरको सम्मेलन केन्द्र छैन । भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संघीय संसदले भाडामा लिएपछि ठूला सम्मेलनहरु होटलहरुमा गर्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment