Comments Add Comment

विश्व शान्ति पूजामा जाने लोभमा ३९ जना ठगिए, गुम्बाकै पदाधिकारी संलग्न

११ चैत, काठमाडौं । प्रहरीले विश्व शान्ति पूजाको नाममा ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ-१ मा रहेको रिग्जिन छ्योई फेलिङ गुम्बाका सञ्चालक पासाङ खण्डु शेर्मा भनिने खाण्डो शर्पा र गुम्बाका लेखापाल बौद्धका शान्ति लामा छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईंका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् । फरार रहेका गुम्बाका सञ्चालक माइला तामाङको खोजी भइरहेको उनले बताए ।

उनीहरुले विभिन्न व्यक्तिलाई फकाएर बैंककमा रहेको गुम्बाहरुमा विश्व शान्ति पूजामा लैजान्छु भनेर रकम लिएका थिए । तर, त्यहाँ नलगी ठगी गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । हाल उनीहरुबाट ठगिने ३९ जना प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

हाल पक्राउ परेका दुई जनालाई ठगी सम्बन्धी कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment