Comments Add Comment

सौर्य एयरले पायो उडान अनुमति, सोमबारदेखि व्यवसायिक उडान

bombardier-crj200_sourya

२८ कात्तिक, काठमाडौं । नागरिक उड्डयन प्राधिरकणले आन्तरिक उडानका लागि सौर्य एयरलाइन्सलाई उडान सञ्चालन अनुमति (एओसी) प्रदान गरेको छ ।

तीन महिनादेखि एओसीका लागि प्रकृया अगाडी बढाइरहेको सौर्यले बिहीबार प्राधिकरणबाट उडान अनमति प्राप्त गरेको हो । कम्पनीले भदौ २ गते क्यानाडाको बम्बार्डियर कम्पनीमा निर्मित ‘सीआरजे २०० मोडल’ जेट इञ्जिन विमान काठमाडौंमा अवतरण गराएको थियो ।

उडान अनुमति पाएपछि सौर्यले मंसिर १ गतेदेखि व्यवसायीक उडान सुरु गर्ने कम्पनीका मुकेश खनालले बताए । सौर्यले काठमाडौबाट पर्वतीय दुई, विराटनगर दुई र भैरहवा एक गरी दैनिक पाँच उडान गर्नेछ ।

यस्तो छ भाडादर

सौर्यले अन्य निजी क्षेत्रका एयरलाइन्सले भन्दा सस्तो भाडामा यात्रुहरुलाई सेवा दिन लागेको दाबी गरेको छ ।

कम्पनीले दिएको जानकारी अनुसार माउन्टेन फ्लाइट प्रतिव्यक्ति १० हजार ६ सय ५० रुपैयाँमा गराइने भएको छ । त्यस्तै, विराटनगरका लागि सबैभन्दा सस्तो भाडा ४ हजार ६ सय रुपैयाँ र सबैभन्दा महंगो ७ हजार ५० रुपैयाँसम्म तिर्नुपर्ने बताइएको छ ।

भैरहवाका लागि सबैभन्दा कम ४ हजार ३ सय रुपैयाँदेखि बढी ६ हजार २ सय रुपैयाँसम्म भाडा तिर्नुपर्ने खनालले जानकारी दिए । जेट विमान भइकन पनि सस्तोमा यात्रुहरुलाई सेवा प्रदान गर्न लागेको उनको भनाई थियो ।

sourya-air-banner२० मिनेटमा विराटनगर र भैरहवा

जहाजको टिकट पहिला नै बुकिङ गरेको यात्रुले सस्तो दरको टिकट भेटाउने छ भने जति ढिला भयो यात्रुको चापका आधारमा टिकटको मूल्य बढ्दै जाने खनालको भनाई थियो । जहाज काठमाडौंदेखि विराटनगर र भैरहवा १७ देखि २० मिनेटमा पुग्ने बताइएको छ ।

‘अहिले एउटा जहाजबाट उडान थालेपनि एक महिनामा अर्को यही मोडलको जहाज थप्दैछौं,’ सौर्यका लगानकर्ता एवम् सेफ्टी निर्देशक विनोद गिरीले भने, ‘तीन महिनापछि तीन जहाजद्वारा उडान गर्ने हाम्रो तयारी छौं ।’

कसलार्इ छुट ?

कम्पनीमा गिरीसँगै रोमनाथ घिमिरेको पनि लगानी छ । कम्पनीले तत्कालका लागि सामान्य भाडामा दुई वर्षसम्मको बच्चालाई निःशुल्क, १२ वर्षसम्मका केटाकेटी र ६५ वर्ष माथिका बृद्धबृद्धालाई ३३ प्रतिशत र महिलालाई १० प्रतिशत छुट प्रदान गर्ने बताएको छ ।

युरोपेली यूनियनको कालोसूचिमा परेसँगै प्राधिकरणले एओसीमा कडाइ गरेपछि सौर्यको जहाज लामो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएर बसेको थियो । विमानस्थलमा जहाज प्राकिङ गरेवापत कम्पनीले प्राधिकरणलाई मोटो रकम बुझाउनुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment