Comments Add Comment

शैक्षिक मेलामा श्रीमतीसँगै हमाल

rajesh-haml-and-madhu
नायक राजेश हमाल पोखरामा शुक्रबारदेखि सुरु भएको ‘दोश्रो बृहत्त शैक्षिक मेला’को उद्घाटन गर्न पत्नी मधुको साथमा पुगेका छन् । एक घण्टासम्म चलेको उद्घाटन कार्यक्रममा हमालले विद्यार्थीहरुसँग शिक्षाको बारेमा कुराकानी गरेका थिए ।

उनले फिल्मपछि आफ्नो दोश्रो रोजाइमा शिक्षा पर्ने गरेको बताए । हमालले भने-‘युवापुस्तासँग शिक्षाको बारेमा अन्तरक्रिया गर्ने इच्छा मेरो सधै हुने गर्दछ ।’ हमालले दक्षता अभिवुद्धीका लागि युवापुस्ताले विदेश अध्ययन रोज्ने भन्दै राम्रोसँग जानकारी लिएर मात्र विदेश जान आग्रह गरे ।

हमालले पत्नीको साथमा मेलाका विभिन्न स्टलहरु घुमेका थिए । यो शैक्षिक मेला कात्तिक ३० गतेसम्म चल्नेछ । कार्यक्रममा हमाल पत्नी मधु भने केही पनि बोलिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment