Comments Add Comment

संघीय समाजवादीका अध्यक्ष एमालेमा

२ मंसिर, चौतारा । संविधान सभा निर्वाचनताका एमाले छाडेर संघीय समाजवादी पार्टीमा गएकाहरु धमाधम एमालेमा फर्किन थालेका छन् । संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्षसहित सो पार्टीका जिल्लास्तरीय नेताहरु मंगलबार एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा समाजवादीका जिल्ला अध्यक्ष रामकाजी थापासहितका नेताहरु एमालेमा प्रवेश गरे । समाजवादीका सचिवालय सदस्य सुजन तामाङ, जिल्ला सदस्यद्वय पुर्ण तामाङ र सुनबहादुर तामाङ पनि एमालेमा प्रवेश गरेका छन् ।

यसअघि समाजवादीको विद्यार्थी संगठनमा रहेका विद्यार्थी नेता चन्द्र थिङ लगायत एमालेमा प्रवेश गरिसकेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पूर्व सांसद सुवास कर्माचार्य, कृष्णराज श्रेष्ठ, अञ्चल कमिटी सदस्य मेघनाथ पौडेल, जिल्ला अध्यक्ष झम्क नेपाल, सचिव कमल नेपाल लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

चौतारीको पत्रकार सम्मान

यसैबीच प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनमा जिल्लामा क्रियाशिल विभिन्न सञ्चारकर्मीहरुलाई पुरस्कृत तथा सम्मान गरिने भएको छ । मंसिर २३ गते चौतारामा हुने अधिवेशनको उद्योग मन्त्री महेश बस्नेतले उदघाटन गर्नेछन् ।

प्रेस चौतारीले यस वर्षदेखि १० हजार राशिको प्रेस चौतारी राष्ट्रिय क्रियाशिलता पुरस्कारसमेत स्थापना गरेको छ । सो पुरस्कारबाट यस वर्ष कान्तिपुर दैनिक दोलखाका संवाददाता एवम् पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष राजेन्द्र मानन्धरलाई दिने निर्णय भएको चौतारीले जानकारी दिएको छ ।

त्यस्तै ३ हजार ३ सय ३३ रुपियाँको प्रेस चौतारी जिल्लास्तरीय क्रियाशिलता पुरस्कारबाट रेडियो नमोबुद्धका प्रकाश सुन्दासलाई दिने निर्णय भएको छ । अधिवेशनको अवसरमा प्रेस चौतारी सिन्धुपाल्चोकका संस्थापक एवम् पत्रकार महासंघ जिल्ला शाखाका पूर्वसचिव डम्बर रसिक भारती र प्रेस चौतारीका केन्द्रीय महासचिव माधव नेपाललाई सम्मान गर्नै कार्यक्रम पनि रहेको छ ।

एमाले नेता बद्री अधिकारीका चार दाजुभाइले आफ्ना आमा बुबाको सम्झनामा स्थापना गरेको पुरस्कारबाट तीन पत्रकार सम्मानित हुदैछन् । ५ हजार राशिको सो पुरस्कारबाट पत्रकारहरु प्रेम बानियाँ, जीवन श्रेष्ठ र ङेम्लिङ लामालाई सम्मान गर्ने चौतारीका अध्यक्ष दिनेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment