Comments Add Comment

सार्कको कारण देखाउँदै तरुण दलको महाधिवेशन स्थगित

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको मंसिर १० देखि १२ गतेसम्म हुने भनिएको महाधिवेशन स्थगित भएको छ ।

tarun-dal Flagतरुण दलका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले सार्क सम्मेलन यही बेला परेको र अधिकांश जिल्लाहरुको अधिवेशन पनि नभएकाले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको अर्को मिति आगामी केन्द्रीय समिति बैठकले तोक्ने केन्द्रीय सदस्य टेकराज पौडेलले जानकारी दिए । उनका अनुसार पुस मसान्तभित्र जिल्ला अधिवेशनहरु सम्पन्न गरिनेछ ।

पार्टीसँगको समन्वयमा आगामी फागुनमा महाधिवेशन हुने सम्भावना रहेको उनले बताए । हालसम्म १७ जिल्लामा अधिवेशन सकिएको छ ।

तरुण दलको अध्यक्षका लागि जन्मजय रेग्मी, टेकराज पौडेल, मीनकृष्ण महर्जन, मेदिनी सिटौला, कर्णबहादुर मल्ललगायतले दाबी गरेका छन् ।

यसअघि नेविसंघको महाधिवेशन सातौंपटक स्थगित भइसकेको छ भने नेपाल महिला संघको महाधिवेशन पनि स्थगित हुन लागेको छ ।

नेविसंघको महाधिवेशन आगामी मंसिर तेस्रो साता तोक्न लागिएको कांग्रेसका एक नेताले बताएका छन् । महिला संघको महाधिवेशन भने अनिश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment