+
+

रौतहट बैंक लुटपाटमा कर्मचारीकै मिलेमतो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ३ गते १६:४६
SBI-BANK-GUARD-KARKI
लुटेराको गोली लागेर घाइते भएका बैंकका सुरक्षा गार्ड टेकबहादुर कार्की

 

३ मंसिर, चन्द्रनिगाहपुर । रौतहटको चन्द्रपुर नगरपालिकास्थित इन्फास्ट्रकर डेभलपमेन्ट बैंक (आईडी)को रकम लुटपाटमा बैंककै कर्मचारीको मिलेमतो रहेको खुलेको छ ।

बैंक लुटपाटमा आईडी बैंकका रिसेप्सनिष्ट शम्भु थापाको पनि मिलेमतो रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रहरीले थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ ।

मंगलबार दिउँसो एसबीआई बैंकबाट रकम निकालेर बाहिरिदै गर्दा आईडी बैंकका सुरक्षा गार्डलाई गोली हानी चार जनाको समूहले २० लाख रुपैयाँ लुटेको थियो ।

लुटपाटमा पूर्व लडाकू पनि

लुटेको रकम फेला नपरे पनि एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका सिन्धुली पिपलमाडी १ का नारायण राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी माओवादी पूर्व लडाकू रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट तेस्रो डिभिजन शक्तिखोरको अवकाश प्राप्त लडाकू परिचयपत्र फेला परेको हो ।

प्रहरीको गोली लागेर घाइते भएका राईको वीरगन्ज उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

यो पनि पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?