Comments Add Comment

स्पष्टीकरण दिएर बैठकमा जाँदैनौं : विप्लव

netra (3)

३ मंसिर, काठमाडौं । नेकपा-माओवादीले मंसिर ६ गतेका लागि बोलाएको विस्तारित बैठकमा स्पष्टीकरण दिएर सहभागी नहुने नेता नेत्रविक्रम चन्द विप्लवले बताएका छन् ।

केन्द्रीय समितिले भनेअनुरुप आफूले आत्मालोचना नगर्ने भन्दै आत्मालोचना गर्न निर्देशनसहितको केन्द्रीय समितिको निर्णय सच्याउन विप्लवले पार्टीको संस्थापन पक्षसँग आग्रह गरेका छन् ।

‘हामीले भेलाबाट फर्केर छलफल गर्ने भनिरहेका थियौं, तर उहाँहरुले हतार-हतार स्पष्टीकरण सोध्ने र आत्मालोचना गर्न लगाउने निर्णय गर्नुभयो,’ बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले भने-‘यसरी स्पष्टीकरण दिएर वा आत्मालोचना गरेर हामी बैठकमा जाँदैनौं ।’

हालै बसेको नेकपा-माओवादीको केन्द्रीय समिति बैठकले मंसिर ६ गते विस्तारित बैठक बोलाएको छ । सो बैठक अगाडि नै विप्लव समूहले आत्मालोचना गर्नुपर्ने संस्थापन पक्षको निर्णय छ ।

तर, आफूहरुले हैन, संस्थापन पक्षले चाँहि आत्मालोचना गर्नुपर्ने विप्लवले बताएका छन् । ‘सल्लाह गरौं भन्दाभन्दै गरिएको यस्तो निर्णय हामी मान्दैनौं,’ विप्लवले भने- ‘यस्तो निर्णय गरेकोमा केन्द्रीय समितिले आत्मालोचना गर्नुपर्छ र उक्त निर्णय सच्याउनुपर्छ ।’

के भन्छन बिप्लव ? हेर्नुहोस् भिडियो-

आफूहरुले कपिलवस्तुमा आयोजना गरेको भेलाले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गरेको विप्लवले बताए ।

पार्टीलाई एकतावद्ध बताएर विशेष महाधिवशेनसम्म छलफलमा लिएर जान आफूहरु तयार रहेको उनले बताए । तर, पार्टीलाई अन्तरक्रिया गर्ने र बस्ने खालको नभई जुझारु बनाउनुपर्ने विप्लवले बताए ।

संविधानसभा विघटन गरी राष्ट्रिय राजनीतिक सभा गर्न  उनले माग गरे । अन्यथा प्रतिरोध संघर्ष गरिने विप्लवले चेतावनीसमेत दिए ।

शान्ति सम्झौताका मान्यताहरु उल्टाएर कांग्रेस र एमालेले पुरानै संसदीय व्यवस्था पुनःस्थापना गरेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment