
३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कञ्चनपुरमा ६ जना, कैलालीमा ४ जना, डोटी, अछाम, बझाङ र दार्चुलाका १/१ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६८ पुगेको छ ।
यस्तै सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ५६३ जना संक्रमित थपिएका छन् । प्रदेशका विभिन्न प्रयोगशालामा एक हजार ५३५ जनाको नमुना परीक्षण गर्दा ५६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै प्रदेशभर संक्रमितको संख्या ३१ हजार २ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4