News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोला तर्ने क्रममा १६–१७ वर्षीय अनुज सिंह बगेर बेपत्ता भएका छन्।
- मंगलबार दिउँसो बाख्रा चराउन गएका उनी बेपत्ता भएको जानकारी स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा गराएका थिए।
- प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता किशोरको खोजी जारी राखेको छ।
२४ भदौ, बाजुरा । बाजुरमा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गगनसिंह भाटका अनुसार मंगलबार दिउँसो बाख्रा चराउन गएका किशोर सोही ठाउँको कालसिङ्गे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
घटनाकाबारे स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए ।
प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुरा विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सात जनाको टोली खटिएर बेपत्ता किशोरको खोजी जारी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4