News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार स्थानीय बजारमा नेपाली केराको भाउ प्रतिदर्जन २५ रुपैयाँ घटेको छ।
- मंगलबार थोकमा प्रतिदर्जन १ सय ८० देखि २ सय २० रुपैयाँ रहेको केरा बुधबार १ सय ५० देखि २ सय रुपैयाँमा झरेको छ।
२४ भदौ, काठमाडौं । स्थानीय बजारमा केराको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार केराको भाउ घटेको देखाएको हो ।
आज बुधबार नेपाली केराको भाउ औसतमा प्रतिदर्जन २५ रुपैयाँ घटेको छ । हिजो मंगलबार केरा थोकमा प्रतिदर्जन न्यूनतम १ सय ८० देखि अधिकतम २ सय २० र औसत २ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज बुधबार भने प्रतिदर्जन न्यूनतम १ सय ५० देखि अधिकतम २ सय र औसत १ सय ७५ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4