Comments Add Comment

हाउजिङका नाममा ठगी गर्ने पक्राउ

Bhanubhakta१४ मंसिर काठमाडौं । नेपाल प्रहरीको केन्दि्रय अनुसन्धन व्यूरोले हाउजिङका नाममा ठगी गर्ने भानुभक्त संग्रौलालाई पक्राउ गरेको छ ।

साम्वाराज अर्यालको जाहेरीमा काठमाण्डौं जिल्ला अदालतले २०६९ पुस २६ गते संग्रौलालाई ३ महिना कैद र १ लाख ७६ हजार २ सय ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पूर्वी पहाडी जिल्ला पाँचथर पञ्चमी गाविस घर भएका २८ वषिर्य संग्रौलालाई ब्यूरोको टोलिले यही मंसिर १२ गते काठमाडौंको गौचरणबाट पक्राउ गरी आइतबार आवश्यक कारबाहीको लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

पोखरेल हाउजिङ्ग एण्ड रिर्फम प्रा.लि.मा लगानी गरी बिभिन्न किसिमका सेवा सुबिधा प्राप्त गर्ने भन्ने सार्वजनिक संचार माध्यम टेलिभिजनमा बिज्ञापन दिई सर्वसाधारणलाई ठगी गरेको प्रहरीले जनाएको छ ।

‘ललितपुर बागडोल स्थित पोखरेल हाउजिङ्ग एण्ड रिर्फम प्रा.लि.का संचालक प्रतिबादी प्रदिप भन्ने भानुभक्त पोखरेल समेतले मिति २०६६/०७/०७ गते उक्त कम्पनीका लागि भनी आफ्नो नाम, ठेगाना फरक पारी जाहेवालाबाट ६ लाख रुपैयाँ लिई उक्त हाउजिङ्गसमेत बन्द गरी फरार भई रकम ठगी गरेका थिए’ व्यूरोद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment