Comments Add Comment

४० जना नेपाली मलेसियामा अलपत्र

१७ पुस, म्याग्दी । धौलागिरिका चारसहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ४० जना नेपाली विगत ५७ दिनदेखि मलेसियामा अलपत्र परेका छन् ।

म्याग्दीको बेनी नगरपालिका-३ ज्यामरुककोट बिमिराबोटका राजन थापा, भकिम्ली-२ का मानबहादुर सार्की, सोही ठाउँकै रामबहादुर जिसी, बागलुङ गल्कोट हरिचौरका सुमन निउरेसहित ४० जना नेपाली काम नपाएर मलेसियाको दामनसरा भन्ने ठाउँमा अलपत्र परेका हुन् ।

५७ दिनदेखि भोकै बस्नु परेको मलेसियाबाट टेलिफोनमार्फत राजन थापाले जानकारी दिए । थापाले आफूहरुको अवस्था अत्यन्त नाजुक रहेको र उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरे ।

‘हामी करिब दुई महिनादेखि अर्काको देशमा काम नपाएर अलपत्र परेका छौँ, साथमा पैसा नहुँदा भोकभोकै बस्नुपरेको छ, हामी आएको मेनपावर कम्पन्ाीमा खबर गर्दा कुनै प्रतिक्रिया दिँदैन, अब हामीले के गर्ने ?’ थापाले भने ।

उनीहरु गत कात्तिक १९ गते काठमाडौं सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका हुन् ।

सामाखुसीस्थित डोसलिङ म्यानपावर कम्पनीका एजेन्ट लोकबहादुर थापामार्फत मलेसियाको दामनसरास्थित भिपेर फोर्स कम्पनीमा पुगेका उनीहरुलाई कम्पनीले काम नदिएको उनीहरुको गुनासो छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment