Comments Add Comment

अर्थमन्त्रीले भने- आर्थिक समाचारले मुख्य स्थान पाउनुपर्‍यो

Sejon-Day

१५ मंसिर काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आफ्नो १७औं वाषिर्कोत्सवका अवसरमा वर्षभरी उत्कृष्ट समाचार लेख्ने चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत पत्रकारहरुलाई सोमबार आयोजित कार्यत्रममा अर्थमन्त्री डा. रामशरण महतले जनही २५ हजार रुपैयाँको चेक र प्रमाणपत्र प्रदान गरे ।

छापा माध्यमतर्फ नागरिक दैनिकका सुजन ओली र कान्तिपुर दैनिकका राजु चौधरी पुरस्कृत भए । विद्युतीय माध्यमतर्फ इमेज टेलिभिजनका हिमाल पौडेल र माउन्टेन टेलिभिजनका भागवत भट्टराई पुरस्कृत भए ।

यो वर्ष रेडियो पत्रकारले पुरस्कार पाएनन । गत वर्ष भने टिभी पत्रकारले पुरस्कार पाएका थिएनन ।

सो अवसरमा मन्त्री महतले आर्थिक विषयवस्तुले अझै पनि सञ्चारमाध्यममा मुख्य स्थान नपाएको गुनासो गरे ।

‘एउटै विषयमा उही अनुहार दैनिक बैठक बस्दा पनि नेपालका मिडियाहरुले त्यसैलाई मुख्य विषयवस्तु बनाउँदै आएका छन’ उनले भने -आजपनि सहमति हुन सकेन भन्ने समाचारको के अर्थ हुन्छ र !

Sejon-Day-2

उनले पत्रकारहरुलाई जनताको जीबनस्तर उकास्ने, आर्थिक सम्मृद्धि र विकासका गतिविधिहरुलाई मुख्य विषयवस्तु बनाउन आग्रह गरे ।

पुरस्कार मुल्यांकन समितिका संयोजक तथा सेजनका संस्थापक अध्यक्ष प्रतिक प्रधानले पुरस्कृत पत्रकारहरुलाई पत्रकारिता नछोड्न आग्रह गरे ।

‘तपाईहरुलाई यो पेसामा उत्साहित गर्न पुरस्कार प्रदान गरिएको हो’ प्रधानले भने -त्यसैले तपाईहरु यो पेसाबाट पलायन हुनु हुँदैन । उनले समाचारको प्रभाव र विषयवस्तुलाई मुख्य आधार बनाएर छनौट गरिएको बताए ।

कार्यक्रममा सेजनका अध्यक्ष विज्ञान अधिकारी, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीबी नेपाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रमणि अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रंदिपजंग पाण्डे लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment