Comments Add Comment

यूएइविरुद्ध अफगानिस्तान २ विकेटले विजयी

 १६ मंसिर, काठमाडौं । यूएइ बिरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा अफगानिस्तानले २ विकेटको जित निकालेको छ ।

जितसँगै अफगानिस्तानले चार खेलको एकदिवसीय श्रृंखलामा बराबरी गर्न सक्ने सम्भावन जिवितै राखेको छ । त्यसका लागि अन्तिम खेल जित्नै पर्छ ।

आइसीसी एकेडमी दुवइमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टीम यूएइले ५० ओभरमा ५ विकेट गुमाउँदै २७३ रन बनायो । उसका लागि कप्तान खुराम खानले ८० बलमा ९ चौकासहित ८५ रन बनाए । त्यस्तै मोहमद सेहजादले ६२ र ओपनर अमजद अलिले ४७ रन बनाए ।

अफागानि पेस बलर द्ववालत जर्दनले २ विकेट लिए ।

अफागानिस्तानले दुर्इ बल बाँकी छँदा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उसका लागि मिरविस असराफले अविजित ५२ रन बनाए । उनले २ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै जाभेदले ६७ रन बनाए ।

यूएइका रोहन र फहादले समान २-२ विकेट लिए ।

यसअघिका दुर्इ एकदिवसीय खेलमा युएइ बिजयी भएको थियो । पहिले एकदिवसीयमा युएइ ६ तथा दोस्रो एकदिवसीयमा ५ विकेटले बिजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment