Comments Add Comment

कर्मचारीसँग पैसा उठाएर महानिर्देशकको स्वागतमा लाखौं खर्च

१७ मंसिर, काठमाडौं । सडक विभागका महानिर्देशकको स्वागतमा लाखौं खर्चेर भव्य भोज गरिएको छ । विभागका नयाँ महानिर्देशक माधब कार्कीको स्वागतमा कर्मचारीहरुसँग पैसा असुलेर सोमबार महँगा मदिरासहितको भोज आयोजना गरिएको नयाँ पत्रिकामा खबर छ ।

कार्की तीन साताअघि महानिर्देशक भएका थिए । उनको स्वागतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलालाई अतिथि बनाएर भोज आयोजना गरिएको थियो । झन्डै दुई सय कर्मचारी उपस्थित भोजमा करिब पाँच लाख रुपैयाँ खर्च भएको स्रोत बताउँछ । भोजमा व्ल्याक लेबल र रेडलेवललगायतका महँगा रक्सी मात्र ‘सर्भ’ गरिएको थियो ।

लैनचौर ब्यांक्वेटमा आयोजित भोजका लागि कर्मचारीहरुसँग तीनदेखि पाँच हजार रुपैयाँ उठाइएको थियो । देशभरका सडक डिठभिजन कार्यालयका प्रमुख तथा इन्जिनियरहरुबाट पैसा असुलिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार सडकमा विभिन्न आयोजना प्रमुख र डिभिजन इन्जिनियरसँग पाँच हजार, सिनियर इन्जिनियरसँग पाँच हजार, अन्य इन्जिनियर तथा अधिकृतहरुसँग तीन हजार रुपैयाँका दरले पैसा उठाएको थियो ।

प्रशासनतर्फका कर्मचारीहरुलाई अनिवार्य नगरिए पनि इन्जिनियरहरुलाई अनिवार्य रकम तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment