+
+

सूचना माग्दा ज्यानमार्ने धम्की

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १८ गते ८:४७

१८ मंसिर, नेपालगञ्ज । जनसरोकार राख्ने सरकारी संस्थाहरुसँग सूचना माग्न पाउने अधिकार भएपनि बाँकेमा भने सेवाग्रहीले सूचना माग्दा ज्यान मार्ने धम्की आएको छ ।

sharing-informationनेपालगन्ज १० निवासी स्थानीय मैफुजुर कबडियाले एउटा समितिसँग सूचना माग गर्दा समितिका पदाधिकारीले नै ज्यान मार्ने धम्की दिएको कबडियाले बताए ।

सूचनाको हक सम्बन्धी ऐनको प्रयोगगरि कवडियाले रानीतलाउ खुद्रा तरकारी बजार संचालक समितिको कार्यालयसंग सूचना माग गर्दा सुचना उपलब्ध गराउनुको साटो धम्की दिएको गुनासो गरे ।

समितिको कार्यालयमा सूचना माग्न जाँदा समितिका ताज मोहम्मद उक्त निवेदन लिएको तर सूचना नदिएर सूचना मागेकै कारण भन्दै समितिका पदाधिकारीले कुनै पनि मुद्दामा फसाई दिने धम्की दिएको पिडित कबडियाले बताए ।

उनले समितिसंग बजार स्थापना भएदेखि हालसम्मको लेखा परिक्षण प्रतिवेदन पाउँ, रानीतलाउ खुद्रा बजार संचालन समितिको साधारण सभा कति पटक भएको छ, सो को उपस्थिती र माइन्युट, उक्त समितिको पदाअधिकारीहरु को-को छन् नाम पाउँ समितिमा नगरपालिका, कृषि सेवा केन्द्र, जिल्ला कृषि विकासको कार्यालय प्रतिनिधी को हो ? उक्त समितिको स्थापना भएदेखि हालसम्मको माइन्युटको निर्णय पाउँ भनि विवरण सहितको सूचना माग गरेका थिए ।

पाँच बर्षदेखि बजारबाट उठेको करको आर्थिक लेखाजोखा नभएको र समितिका केही पदाधिकारीले मात्रै मनोमानी तरिकाले बजार संचालन गरेको तरकारी व्यवसायीहरुको आरोप छ ।

यसैवीच पिडित कबडियाले आफनो तथा परिवारको जिउ ज्यान शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयसंग माग गरेका छन् । उनले बुधवार प्रशासनमा निवेदन दर्ता गराएका छन् ।

सूचनाको हक सम्बन्धी काम गर्ने संस्था सुचना र मानवअधिकार अनुसन्धान केन्द्र अन्र्तगत संचालित सूचना अधिकार केन्द्रले सार्वजनिक निकायले सरल तथा सहज रुपमा सूचना उपलब्ध गराउनुपर्नेमा उल्टै नागरिक तथा सेवाग्राहीलाई डर त्रास देखाई सूचना लुकाउनु ऐन विपरित भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?