Comments Add Comment

विवेकयुक्त मेसिनले मानिसलाई नै समाप्त पार्ने वैज्ञानिकको चेतावनी

stephen-hawking
मानिसले जस्तै सोँच्ने तथा काम गर्नसक्ने मेसिनको निर्माण मानव जातिकै अस्तित्वका लागि खतरनाक भएको प्रसिद्ध भौतिकशास्त्री स्टेफेन हकिंग्सले चेतावनी दिएका छन् ।
बीबीसीसँगको अन्तरवार्तामा हकिंग्सले भनेका छन्, ‘पूर्ण कृत्रिम बुद्धियुक्त प्रविधिको विकाशले मानव जातिकै अस्तित्वलाई अन्त्य गरिदिन सक्छ ।’
मोटर स्नायु सम्बन्धि रोग एमियोट्रोफिक ल्याटेरल स्क्लेरोसिस -एएलएस) बाट पीडित हकिंग्स बोल्ने लगायतका क्रियाकलाप गर्न सक्दैनन् । इन्टेलले विकाश गरेको यस्तै कृत्रिम बुद्धियुक्त प्रविधिका माध्यमबाट उनले भन्न खोजेका कुराहरु शव्दमा परिणत गरिन्छ ।
आफैले संवाद गर्न प्रयोग गर्ने प्रविधितर्फ लक्षित गर्दै उनले मानिसले जस्तै काम गर्न सक्ने र मानवीय बुद्धि तथा विवेकको प्रयोग गर्न सक्ने प्रविधिको तिब्र विकाश मानवीय सभ्यताकै लागि घातक हुने बताएका हुन् ।
वैज्ञानिक हकिंग्सले भन्न खोजेका तथा बोल्न खोजेका कुरा र उनले प्रतिपादन गर्ने सिद्धान्तलाई शव्दमा बदल्ने स्मार्टफोन कीबोर्ड एपको निर्माणमा बेलायती कम्पनी स्विफ्ट की पनि लागिपरेको छ ।
कृत्रिक विवेकयुक्त प्रविधिका केही परम्परागत आविष्कारहरु निकै उपयोगी भएपनि कालान्तरमा मानिस जत्तिकै वा मानिसभन्दा पनि बढि विवेकी उपकरण निर्माण हुनसक्ने तर्फ उनले संकेत गरे ।
मानिसले बनाएको त्यस्तो कृत्रिम विवेकयुक्त उपकरणले मानिसलाई नै बेवास्ता गर्दै आफैले आफुभन्दा अझै विवेकी प्रविधि विकाश गर्ने खतरा हुने उनले बताए । निकै धीमा जैविक क्रमविकाशमा बाँधिएका कारण मानिसले त्यस्ता उच्च विवेकयुक्त प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment