+
+

उच्च ब्यक्तिको रकम बैंक खातामै नपुगी गायब

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २० गते ६:०१

Lokman karki-in-susasan samiti
२० मंसिर, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ‘हाई प्रोफाइल’ (उच्च पदस्थ) ब्यक्तिहरुको रकम बैंक खातामै नपुगी गायब हुने गरेको रहस्य खोलेका छन् ।

अख्तियारमाथि निम्न तर मध्यम वर्गीय ब्यक्तिहरुमाथि मात्र अनुसन्धान गरिरहेको आरोप लागिरहेका बेला प्रमुख आयुक्त कार्कीले उच्च पदस्थहरुको बैंक खातामा पाँच सयदेखि एक हजार रुपैयाँ मात्र हुने रहस्य खोलेको राजधानी दैनिकमा खबर छ ।

हाई प्रोफाइलका एक हजार जनाको सम्पत्ति छानबिनका क्रममा नयाँ तथ्य सार्वजनिक भएको बताउँदै उनले ससुरालीको खातामा पनि नदेखिनुले थप रहस्य देखिएको र यो अख्तियारका लागि सबै भन्दा बढी चुनौती भएको बताए ।

शुक्रवार संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा अख्तियारको कामकारबाहीबारे जानकारी दिँदै उनले बैंकको खातामै नपुगेको रकम विदेशमा रहेका छोराछोरीलाई पठाएर त्यहाँमार्फत पुनः नेपाल आएको र कतिपयले निजी क्षेत्रमा लगानी गरिरहेको हुन सक्ने दाबी गरे ।

‘अहिले हामी एक हजार भन्दा धेरै ठूला ब्यक्तिको सम्पत्ति छानबिन गरिरहेका छौं, तर छानबिनका क्रममा उनीहरुको बैंक खातामा एक हजार पनि देखिदैन, उनीहरु भाडामा बस्छन्,’ उनले भने, ‘कर्मचारीदेखि हाई प्रोफाइल समेत रहेका ब्यक्तिहरुका अधिकांश छोराछोरी विदेशमा भएकाले कि त विदेशमा पठाएर त्याहाँबाट छोराछोरीमार्फत नेपाल आएको छ कि त अन्य ब्यक्तिको नाममा कुनै क्षेत्रमा लगानी गरिहेका छन् ।’

सो क्रममा उनले हाई प्रोफाइल सभासदहरुको समेत सम्पत्ति छानबिन गरिरहेको तथ्य खोले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?