Comments Add Comment

एसियाडमा नेपाललाई पदक दिलाउने विमला सम्मानित

bimala-tamang

२० मंसिर, काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालबाट एक्लो पदक विजेता कराते खेलाडी विमला तामाङलाई अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपालले शनिबार नगदसहित सम्मान गरेको छ ।

तीनकुनेस्थित होटल नेसनल भिजनमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमलालाई नगद १ लाखसहित सम्मान पत्र प्रदान गरी सम्मान गरे । प्रचण्डले प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि नगद २५ हजार र सम्मानपत्रद्वारा सम्मान गरे ।

अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपालका अध्यक्ष रवि गौतमका अनुसार हाल अमेरिकाको न्यु योर्कमा बसोवास गर्दै आएका संघका संस्थापक शान्ताबहादुर ठोकर र संघका पदाधिकारीहरुबाट रकम संकनल गरी विमलालाई सम्मान गरिएको हो ।

१७ औं एसियाली खेलकुदको करातेतर्फ महिला एकल कातामा विमलाले कांस्य जितेपछि नेपाल पदकविहीन हुनबाट जोगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment