+
+

विमानस्थल भन्सार प्रमुख शाह र नासु कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २१ गते १७:४३

२१ मंसिर, काठमाडौं । अवैध सुन चोरी निकासीको मुद्धामा थुनामा रहेका भारतीय नागरिकलाई छुटाउन घुस लिएको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख सुदिपचन्द्र शाह र नायव सुब्बा हरिवंश कार्कीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

रकम लेनदेनमा संलग्न भन्सार एजेन्ट देवराज भट्टराई र प्रेमकुमार अधिकारीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

थुनामा रहेका भारतीय नागरिक अभिषेक सरकारलाई छुटाउन २२ लाख ४० हजार घुस लिँदै गर्दा नासु कार्कीसहित एजेन्टद्वय भट्टराई र अधिकारी पक्राउ परेका थिए ।

nasu-pakrau-1

अख्तियारको टोली कार्कीको घरमा पुगेपछि उनकी श्रीमतीले साथीको घरमा लुकाउन लगेको ५१ लाख पनि अख्तियारको टोलीले बरामद गरेको छ ।

घुस लिएको २२ लाख ४० हजार मध्ये १० लाख कार्यालय प्रमुख शाहका लागि भएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।

विमानस्थल भन्सार प्रमुख शाह र नासु कार्कीविरुद्ध ६१ लाख २ सय रुपैयाँ विगो कायम गरिएको अख्तियारले जनाएको छ ।

भन्सार भट्टराई र अधिकारीको हकमा भने २३ लाख ८९ हजार विगो कायम गरिएको छ । साथै अभियोग पत्रमा चारै जनालाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?